विराटनगर १ असोज ।
प्रदेश १ मा आज १७१ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार १५७ जनाको नमुना परीक्षण गर्दा ५० महिला र १२१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ९२ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ५० पुरुष, १५ महिला, बुढीगंगाका ६ पुरुष, ४ महिला, सुन्दरहरैँचाका १ पुरुष, १ महिला, ठेगाना नखुलेका २ पुरुष, १ महिला, जहदा र कटहरीका ३–३ पुरुष, ग्रामथान, बेलबारी, लेटाङका १–१ पुरुष, धनपालथान, रंगेली,रतुवामाईका १–१ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी धरानका १७ पुरुष, ११ महिला, दुहवीका १९ पुरुष, ३ महिला, इटहरीका ७ पुरुष, ४ महिला र गढी गापाका २ पुरुष गरी ६३ जना, झापा दमकका १ पुरुष, ५ महिला, कनकाईकी १ महिला, मेचिनगरका ३ पुरुष र ठेगाना नखुलेका १ पुरुष गरी ११ जना, धनकुटाका १ पुरुष , खोटाङकी १ महिला, अन्य राजविराजका १ पुरुष, १ महिला र महोत्तरीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार २७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २३९ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ९८२ रहेको छ ।
प्रदेश १ मा हालसम्म १४ महिला र ३८ पुरुष गरी ५२ जनाको मृत्यु भइसकेको छ ।