Birat Post शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ असोज ।
प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ११ सय ३५ जनाको नमुना परीक्षण गर्दा १२ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ३२ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ६ पुरुष, १ महिला, धनपालथानका २ पुरुष, १ महिला, बुढीगंगाका १ पुरुष, ४ महिला, कटहरीका १ पुरुष, ३ महिला, रतुवामाईका १० पुरुष, बेलबारी, जहदा र पथरीशनिश्चरेका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी इटहरीका ७ पुरुष, २ महिला, धरानका ५ पुरुष, १ महिला र रामधुनीका ७ पुरुष गरी २१ जना, झापाका ४ पुरुष र अन्य सप्तरीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ७१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ९४० रहेको छ ।

प्रदेश १ मा हालसम्म १४ महिला र ३९ पुरुष गरी ५३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल