विराटनगर ५ असोज ।
प्रदेश १ मा आज १९९ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ९ सय ७६ जनाको नमुना परीक्षण गर्दा ५३ महिला र ६६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १०५ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ५४ पुरुष, ४३ महिला, कटहरीका ४ पुरुष, २ महिला, बुढीगंगाका १ पुरुष र ग्रामथानकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी धरानका ४ पुरुष, ५ महिला,झापाका १ पुरुष, १ महिला, संखुवासभा, उदयपुरका १–१ जना र अन्य सिराहाकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार ६९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५५२ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ८५ रहेको छ ।
प्रदेश १ मा हालसम्म १७ महिला र ३९ पुरुष गरी ५६ जनाको मृत्यु भइसकेको छ ।