विराटनगर ११ असोज ।
प्रदेश १ मा आज १८१ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ९ सय ६७ जनाको नमुना परीक्षण गर्दा ६५ महिला र ११६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १६७ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ७९ पुरुष, ५१ महिला, कटहरीका ९ पुरुष, ८ महिला, जहदाका २ पुरुष, धनपालथानका २ पुरुष, बुढीगंगाका ११ पुरुष, ३ महिला, नखुलेकाको १ पुरुष र सुन्दरहरैँचाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी धरानका १ पुरुष, इटहरीका १ पुरुष, र दुहवीका ४ पुरुष, १ महिला गरी ७ जना, झापा विर्तामोडकी १ महिला, अर्जुनधाराका १ पुरुष, र दमकका १ पुरुष गरी ३ जना, भोजपुरका १ पुरुष, तेह्रथुमका १ पुरुष र अन्य सप्तरीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज ३६ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ८२४ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ५४८ रहेको छ ।
प्रदेश १ मा हालसम्म १८ महिला र ४५ पुरुष गरी ६३ जनाको मृत्यु भइसकेको छ ।