Birat Post सोमबार, आश्विन १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ असोज ।
प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ९ सय २२ जनाको नमुना परीक्षण गर्दा २७ महिला र ५६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ३० जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १० पुरुष, ६ महिला, बुढीगंगाका ६ पुरुष, नखुलेको २ पुरुष, १ महिला, बेलबारीका १ पुरुष, १ महिला, उर्लाबारीका १ पुरुष, र सुन्दरहरैँचाका १ महिला, १ पुरुषमा गरी ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी धरानका ७ पुरुष, ७ महिला, इटहरीका ९ पुरुष, २ महिला, दुहवीका ५ पुरुष, ३ महिला, नखुलेकोकी २ महिला र हरिनगरका १ पुरुष गरी ३६ जना, ओखलढुङ्गाका ३ पुरुष, १ महिला, खोटाङ र झापाका २–२ पुरुष, धनकुटा र इलामका १–१ महिला, अन्य सिराहाका २ पुरुष, १ महिला, सप्तरीका १ पुरुष, २ महिला र महोत्तरीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ४४ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ८६८ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ५८७ रहेको छ ।

प्रदेश १ मा हालसम्म १९ महिला र ४५ पुरुष गरी ६४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल