Birat Post शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ कार्तिक ।
प्रदेश १ मा आज ३८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६९, सुनसरीमा ६०, झापामा ४१, इलाममा १०, खोटाङ, तेह्रथुम, सोलुखुम्बु, उदयपुर र संखुवासभामा १–१ जना र प्रदेश १ बाहिरका जिल्लाका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०७ महिला, ११८ पुरुष, उर्लाबारीमा ५ महिला, २ पुरुष, लेटाङमा ४ महिला, २ पुरुष, जहदामा १ महिला, ५ पुरुष, धनपालथानमा १ महिला, ४ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला, २ पुरुष, रतुवामाईमा ३ पुरुष, सुन्दरहरैंचा र बेलबारीमा १–१ महिला, कटहरीमा २ पुरुष, सुनवर्षी र ग्रामथानमा १–१ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी सुनसरीको धरानमा २१ महिला, २२ पुरुष, इटहरीमा ४ महिला, ६ पुरुष, इनरुवामा ६ पुरुष, बराहक्षेत्र, रामधुनी, दुहवी र बर्जुमा १–१ पुरुष, झापाको दमकमा २ महिला, ९ पुरुष, विर्तामोडमा २ महिला, ९ पुरुष, गौरादहमा २ महिला, ८ पुरुष, अर्जुनधारमा १ महिला, १ पुरुष, कमल गापा, बाह्रदशी गापा, कनकाई, मेचिनगर, शिवसताक्षी र स्थानिय तह नखुलेका १–१ पुरुषमा संक्रमण देखिएको छ ।

उता इलाममा २ महिला, ८ पुरुष, खोटाङ र तेह्रथुममा १–१ महिला, सोलुखुम्बु, उदयपुर र संखुवासभामा १–१ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ११ हजार ६४ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३९ रहेको छ । आज मोरङ र सुनसरीका १–१ महिला र उदयपुरका १ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ ।

प्रदेश एकबाट आज ५५० जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।

आज २१ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये १५७ महिला र २३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख ५२ हजार ९८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल