Birat Post सोमबार, माघ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ माघ ।
कोभिड भ्याक्सिन विराटनगरमा आइसकेको छ । मोरङका नागरिकहरुका लागि हाललाई विराटनगरका तीन अस्पतालमा केन्द्र तोकिएको छ । कोशी अस्पताल, नोबेल मेडिकल एण्ड टिचिङ हस्पिटल र विराट मेडिकल एण्ड टिचिङ हस्पिटल रहेका छन् । खोपका लागि अन्य केन्द्र पनि विस्तार हुन सक्ने बताइएको छ ।फ्रन्ट लाइनमा खट्टिने लक्षित बर्गका लागि पहिलो चरणमा खोप लगाइने जनाइएको छ ।

जिल्लास्थित कोभिड सुरक्षा उपचार समन्वय समितिले त्यसको व्यवस्थापन मिलाइरहेको छ । यस्तै प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा–सप्तरी समेतका लागि कोभिड–१९ भ्याक्सिन ‘कोभिसिल्ड खोप’ विराटनगर आईपुगेको हो।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको ९ हजार ६सय भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो । यो खोप मंगलबार सम्वन्धित जिल्लाहरुमा पठाइने केन्द्रका कोल्डचेन निरिक्षक डा.चन्द्रकान्त ठाकुरले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल