Birat Post बुधबार, भाद्र ३०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ३० भदौ ।
‘बाहुबली’ बलिउडकै सबैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र । त्यही चलचित्रकी सबैभन्दा अहम् पात्र बाहुबलीकी आमा शिवगामीको भूमिका निभाएकी चर्चित अभिनेत्री राम्या कृष्णनको बुधबार जन्मदिन ।
सन् १९७० को सेप्टेम्बर १५ तारिखमा जन्मेकी राम्या ५१ वर्षकी भएकी छिन् । उनले थुप्रै चलचित्र खेलेकी छिन् । तर सबैभन्दा चर्चित उनको बाहुबली नै बन्यो ।
राम्याले हिन्दी, तमिल, तेलुगु, मलालयम लगायतका दर्जनौं चलचित्रका साथै टेलिभिजन शोहरुसमेत चलाएकी थिइन् । उनले तमिल भाषामा वेब सिरिजसमेत गरेकी छिन् । हिन्दी चलचित्र अन्तर्गत उनले सन् २०२० मा तेरा यार हुँ मै मा अमिताभ बच्चनकी पत्नीको भूमिका निभाएकी थिइन् ।
सन् १९९८ मा बडे मियाँ छोटे मियाँ, वजुद, शपथ खेलेकी थिइन् । सन् १९९७ मा लोहा र बनारसी बाबु, सन् १९९६ मा चाहत, सन् १९९५ मा क्रिमिनल, सन् १९९३ मा परम्परा र खल नायक तथा सन् १९८८ मा दयावानमा खेलेकी थिइन् ।
उनले १२ जुन २००३ मा तेलुगु फिल्म निर्माता कृष्णा वामसीसँग विवाह गरेकी थिइन् । उनले १३ फेब्रुअरी २००४ मा छोरो (ऋतिक) जन्माएकी थिइन् । राम्यासँग करीव ४० करोड भारुको सम्पत्ति रहेको बताइएको छ । उनीसँग मर्सिडिज बेन्ज एस ३५० कार छ । उनी परिवारसँग चेन्नईको इन्जमबक्कममा बस्दै आएकी छिन् । उनको त्यहाँ बंगला छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल