विराटनगर,१६ जेठ । रिसिबी साध्नलाई कारवाही सिफारिस गरिएको भन्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौला विरुद्ध विराटनगर- ११ का कांग्रेस क्रियाशीलहरु विरोधमा उत्रेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै १ सय २३ क्रियाशील सदस्यहरुले कारवाहीका नाममा गरिएको निर्णयले ...
ललितपुर,११ जेठ । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। नवनिर्वाचित मेयर चिरीबाबु महर्जन तथा उपमेयर मञ्जली शाक्यले बुधबार शपथ ग्रहण गरेका हुन्। उनीहरूसँगै सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन्।
उदयपुर,११ जेठ । कटारी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएक छन् । बुधबार सम्पन्न मतगणना अनुसार श्रेष्ठले ६ हजार ४१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार ९५२ मत पाएका ...
विराटनगर,१० जेठ । मोरङ स्थित कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी राजवंशीले पदभार ग्रहण गरेका छन् । सोमबार भएको पदभार ग्रहण संगै अध्यक्ष चौधरीले गाउपालिकाको प्रमुख समस्याको पहिचान गरी लक्ष्यित कार्यक्रम अगाडी बढाउने बताएका छन् । उनले कटहरी ...
विर्तामोड,१०जेठ। प्रदेश सांसद भन्दा पालिकाको मेयर पदमा दम देखिएको छ । यसको ज्वलन्त उदाहरण बनेका छन् प्रदेश सांसदबाट राजीनामा दिएर झापाको मेचीनगर नगरपालिकाको मेयर बन्न सफल गोपालचन्द्र बुढाथोकी । बुढाथोकी मेचीनगर नगरपालिकाकाको मेयरमा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका ...
रोशिका अधिकारी विराटनगर,७ जेठ । धरान,धनगढी र काठमान्डौंमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । उनीहरुको अग्रताले दलका नेताहरुमा एकखाले तरङ सिर्जना गरिदिएको छ । धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् । राईले १२ ...
विराटनगर,७ जेठ । स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन फावसिद्ध भएको छ । जसमा काग्रेस र माओवादीलाई विशेष फाइदा भएको छ भने अन्य गठबन्धन दलहरु पनि निकै अगाडी बढ्न सफल भएका छन् । निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । ...
विराटनगर,६ जेठ । शुक्रबार दिउसो ३:४० मा सार्वजनिक भएको मतपरिणाम अनुसार मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा निरौला कार्की विजय नजिक पुगेका छन् । गठबन्धनतर्फ नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका कोइराला र नेकपा एमाले बाट उपमेयर बनेकी कार्कीको जित सुनिश्चित ...
धरान ,६ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । गठबन्धन दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै साम्पाङले अग्रता लिइरहेका हुन् । ३९ हजार ३५७ मत गणना हुदा उनले ...
विराटनगर, ६जेठ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकिएको हो । आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ ...
झापा ,६ जेठ । झापाको दमक नगरपालिकाको मेयरमा रामकुमार थापा निर्वाचित भएका छन् । प्रजातन्त्र स्थापनापछि भएका तीनवटै निर्वाचनमा एमालेले जित्दै आएको दमकमा दलीय गठबन्धनको सहयोगमा राप्रपाका थापा मेयरमा निर्वाचित भएका हुन् । थापाले १७५२५ मत प्राप्त गरि ५५९ ...
विराटनगर,५ जेठ । विराटनगर महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार प्रकाश साह विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रुस्तम अलीलाई ४०६ मतले पछि पार्दै साह निर्वाचित भएका हुन् । साहले १८९७ मत प्राप्त गरेका थिए ...
हेटौँडा,५ जेठ। हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम प्रतिस्पर्धात्मक देखिएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन् । २ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० ...
विराटनगर,५ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५९८ मतसहित अग्रता जारी राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ६२४ मत अन्तरले पछाडि पारेका छन् । थापाले १२ हजार ९७४ ...
विराटनगर,५ जेठ । नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् । जसपाका अमरेन्द्र यादव भन्दा कार्कीले ५ हजार ८ सय ६३ मत ल्याएरु अगाडी बढेकी छन् । कार्कीले १५ हजार ४० मत पाउँदा जसपाका अमरेन्द्र यादवले ९ हजार १७७, ...
विराटनगर,४ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर ७ मा कांग्रेसका तर्फवाट वडाध्यक्षका उम्मेदवार बनेका मधुबाबु तिवारी १ हजार ३ सय १२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले चार सय ६६ मत ल्याए । यस्तै ...
विराटनगर,४ जेठ । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । उनको मतअन्तर ३ हजार ७ सय ८५ पुगेको छ । कांग्रेसका कोइरालालाई १५ हजार २ सय १३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४ ...
दमक,४ जेठ । झापाको दमक नगरपालिकामा राप्रपाले अग्रता कायमै राखेको छ । दमक पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका राम थापाले १०,०६४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी एमालेकी ...
विराटनगर ,४ जेठ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मोरङको लेटाङ नगरपालिकाको दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा भुपेन्द्रकुमार लावती र उपमेयरमा कृष्णकुमारी निरौला निर्वाचित भएका हुन्। बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार लावतीले १० हजार २२७ मत ल्याएर गठबन्धनबाट ...
काठमाडौं ,४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा भने अग्रता लिएका छन्। वडा न. २८ को प्रारम्भिक चरणको मतगणनामा उनले अग्रता लिएको बताइएको छ । वडामा २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र ...
