Birat Post सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ बैशाख ।

विराटनगरस्थित अरनिको कलेजले एमबीबीए र प्यारामेडिकलमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने १८ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरूले पूर्ण छात्रवृतिमा नाम निकालेपछि आज एक कार्यक्रम आयोजना गरि उनीहरूलाई सम्मान गरेको हो ।

कलेजमा अध्ययरत १८ विद्यार्थीहरूले चैतमा लिएको इन्टान्स परीक्षामा एमीबीएसमा १० र प्यारामेडिकलमा ८ जना विद्यार्थीले नाम निकालेका थिए । यसरी एमबीबीएसमा नाम निकाल्नेहरूमा देवकुमार साह, लाक्पा मोक्ताङ्ग, खुस्बु नायक, प्रज्वलकुमार माझी, प्रिन्स कुमार, कुलदीप बस्नेत, दिपेन्द्रकुमार यादव, सन्देश त्रिताल र खुस्बु चौधरी रहेकी छिन् । यस्तै प्यारामेडिकलमा आकृति दाहाल, फारुप अन्सारी, नवराज यादव, जयनन्द साह, डिजेम्बरकुमार यादव, जयराम यादव, कृष्ण साह र जिवन्द्र कुमार यादव रहेका छन् । उनीहरूलाई कलेजले मायाको चिनो, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।

     विद्यार्थी पुरस्कृत

अरनीको कलेजका ६ जना उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरूमा कलेजी निकिता झा र निरज रेग्मी रहेका छन् । उनीहरूलाई नगद ३५ हजार रुपैयाँसहित पुरस्कृत प्रदान गरिएको छ । यस्तै बीनिता न्यौपाने, दीक्षा साह, आकाश यादव र आकृत त्रिताललाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएकोछ । उनीहरूलाई कलेजका पूर्व विद्यार्थी दिवस थापाले आफ्नो आमा बुवाको नाममा स्थापना गरिएको अक्षयकोषबाट पुरस्कार प्रदान गरिएको हो ।

यस्तै कलेजले लिएको आन्तरिक परीक्षामा प्रथम हुने निरज रेग्मी, द्धितीय ओल्सन कार्की र तृतीय हुने आकृत त्रिताललाई पनि पुरस्कृत गरियो । उनीहरूलाई जनही क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिएको थियो । पुरस्कृत र सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका प्राचार्य राजेश कार्की, कोअिर्डिनेटर विकास खनाल, संस्थापक निलमकुमार अधिकारी, भरतराज दाहाल, डा. भविन्द्र निरौला, शैलेशकुमार झा, उमेन्द्रविलास लुईटेल लक्ष्मी अधिकारीलगायले सम्मानले गरेका थिए । अरनीकामा अध्ययरत विद्यार्थीहरूले प्रत्येक वर्ष एमीबीएस, प्यारामेडिकल, इन्जिनियरिङ्गहरूमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने गरेका छन् । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनीको कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल