Birat Post आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ जेठ /
कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले एक समारोहको आयोजना गरी शैलजा आचार्यको १३ औं स्मृर्ति दिवस मनाएको छ । पोलिटेक्निक स्थापना गर्ने संस्थापक तथा कांग्रेस नेतृ कोइरालालाई प्रत्येक वर्ष स्मरण गर्ने गरिन्छ ।

विराटनगरमा आइतबार आयोजित कार्यक्रममा प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानले प्रत्येक वर्ष प्रदान गर्ने २५ हजार र पोलिटेक्निकले आचार्यको स्मृर्तिमा बनाएको छात्रवृतीकोषवाट १३ जना विद्यार्थीलाई ५ /५ हजारका दरले पुरस्कार वितरण गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा‍‍. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यले राजनैतिक ,सामाजिक क्षेत्रमा दिनुभएको योगदानको समेत चर्चा गरिएको थियो ।

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की ,प्रदेशसभा सदस्य शान्ता पौडेल, नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष राजेश गुप्ता, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह, गुठी सञ्चालक पदाधिकारी तथा सदस्यहरु मोहनलाल महत्तो ,विकास पराजुली,जवारलाल मण्डल,पोलिटेक्निका प्रिन्सिपल सन्त अधिकारी लगायतले शैलजा आचार्यले पुर्याउनु भएको योगदानको स्मरण तथा चर्चा गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल