Birat Post शुक्रबार, आषाढ ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ असार ।
विराटनगरमा एसआई युके नेपालको आधिकारिक कार्यालय खुलेको छ । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको एसआई युकेको कार्यालय शुक्रबार वन ,वातावरण तथा भू संरक्षण मन्त्री शेखर चन्द्र थापाले उद्घाटन गरेका छन् ।

विराटनगरको शनिमन्दिर र जलजला चोकको बीचमा कार्यालय रहेको छ । कार्यालयवाट युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पढाइने कोर्स , छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी दिइने छ । कार्यक्रममा बोल्दै मन्त्री थापाले विश्व परिवेशमा एक देशको विद्यार्थी अर्को देशमा जाने र त्यहाँको शिक्षा लिन चाहने गरेको बताए । युवा विद्यार्थीको यो चाहनालाई अन्यथा मान्न नहुने र शैक्षिक उदेश्य प्राप्तिमा एसआई युके नेपालले काम गरिरहेको पाउदा खुसी लागेको बताए ।

एस आई युकेले शुक्रबारबाटै विराटनगरमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना सुरु गरेको छ । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका डाइरेक्टर विनय अधिकारीले जानकारी दिए । शैक्षिक मेलामा सहभागी बिद्यार्थी लाई युकेका १५ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले प्रत्यक्ष परामर्श दिने छन् ।

एसआई युके ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । एसआई युके ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षीक सेवामा काम गरिरहेको छ । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस युवा नेता अरुण न्यौपाने,बरिष्ठ पत्रकार बिनोद भण्डारी,प्रेस युनियन  मोरङ कार्यबाहक अध्यक्ष कौशल निरौला लगायतको सहभागिता रहेका थियो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल