Birat Post सोमबार, माघ १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ माघ

मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले सोमबार एक कार्यक्रमको बिच वार्षिक उत्सव मनाएको हो । उक्त अवसरमा ३९ जना उत्कृष्ठ विद्यार्थी पुरस्कृत भएका छन् भने कार्यालयमा उत्कृष्ठ काम गर्ने ४ जना कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुने विद्यार्थी तथा कर्मचारीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा बोेल्दै डा.कोइरालाले कठिन परिस्थितीमा स्थापना भएको पोलिटेक्निकले विपन्न बर्गका हजारौ मानिसहरुलाई रोजगार बनाएकोमा खुसी ब्यक्त गरे । शैलजा आचार्यले उसवेला स्थापना गर्दा दुरगम गाउँ रोजेको र पढ्न कोहिपनि जादैनन् होला भन्नेखालका कुराहरु आफुले त्यसबेला सुनेको स्मरण गर्दै उनले भने गाउँका मानिसहरुलाई शिक्षित र रोजगार बनाउनुपर्दछ भन्ने चेतना शैलजा आचार्यको देन हो । उनले समाज परिवर्तनका लागि शिक्षित र प्राविधिक जनशक्ति उत्पादन गर्ने पोलिटेक्निकका लागि आबश्यक प्रवन्धका लागि अधितम पहल गर्ने बताए ।

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे,गोपालराज भण्डारी, जहदा गाउपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह ,सिटिइ भिटिइ इटहरीका निर्देशक नबराज कोइराला, प्रदेश १ सामाजिक विकास मन्त्रालय शैक्षिक विकास योजना महाशाखा प्रमुख कृष्ण पोखरेल , गुठीका कोषाध्यक्ष मोहनलाल महतो,सदस्य विकास पराजुली,जवारलाल मण्डल लगायतको सहभागिता रहेको थियो । आधा दर्जन विभिन्न प्राविधिक विषयमा पढाइ हुने सो पोलिटेक्निकले वर्षेनि २ सय जना विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिने गरेको कलेज प्रमुख शन्तबहादुर अधिकारीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल