Birat Post बिहिबार, फाल्गुण ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,  ११ फागुन ११  /  महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा,  डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र  जयकुमार महतो छन् ।

दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो । सम्मानित डा चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन,  रामकुमार थापा बजारशास्त्र,  डा सुवेदी- वित्तशास्त्र,संग्रौला अर्थशास्त्र  र  डा सापकोटा- लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । उनीहरुलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह-परीक्षा नियन्त्रक डा उद्धव पोखरेलले सम्मानित गरेका हुन् ।

सो अवसरमा बोल्दै सहायक प्रमुख पोखरेलले ज्येष्ठता, क्षमतालगायतको आधारमा नियुक्ति गरिएका नया प्रमुखहरुले प्राज्ञिक उन्नयनमा योगदान दिनेमा आफू पूणर् विश्वस्त रहेको बताए । सहायक प्रमुख चौधरीले व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको चाप अनुसार कक्षा कोठाको अभाव रहेको बताउदै नया भवन बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा पूर्व सहपरीक्षा नियन्त्रकद्वय डा उद्धव पोखरेल र नन्द न्यौपाने, त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस एकाई अध्यक्ष धीरज आचार्य, सहप्राध्यापक अर्जुन दाहाल, नन्दकिशोर अग्रवाल, दिनेश श्रेष्ठ, बद्री पौडेल र शाखा अधिकृत  विनोद कामतले  शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा सम्मानित हुनेका तर्फबाट मोहनकुमार श्रेष्ठले नवनियुक्त विभागीय प्रमुखले जिम्मेवारीपूर्वक काम गर्न कुनै कसर बाकी नराख्ने बताए । स्वतन्त्र प्राध्यापक समूहबाट आयोजित सो कार्यक्रम डा जनकनाथ सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल