Birat Post मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ असार / 
विराटनगर स्थित वडा नं ७ मा रहेको आदर्श बालिका माध्यमिक विद्यालय प्राविधिक विद्यालय बन्ने भएको छ । यसका लागि विराटनगर महानगरले पहल गरिरहेको थियो । विराटनगर महानगरका मेयर भीम पराजुली ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोख्रेल लगायतले सोमवार शिक्षामन्त्री गीरीराजमणि पोख्रेलसँग भेटी सो प्रस्ताव राखेका थिए । प्राविधिक विद्यालय बनाउने विषयमा मन्त्री पोख्रेलले सहमती दिएका छन् ।

यस विषयमा मेयर पराजुलीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्: ‘बिराटनगर महानगरपालिकाले आदर्श बालिका माध्यमिक विद्यालय बिराटनगर ७ लाई छात्रा प्राविधिक विद्यालयको रुपमा स्वीकृत गराउन सफल भएको जानकारी गराउन चाहान्छु । यसमा विशेष सहयोग गर्नुहुने माननीय शिक्षा मन्त्री गीरीराजमणि पोख्रेल ज्यूलाई धेरै धेरै धन्यवाद ।’

१ विगाह १० धुर क्षेत्रफल रहेको उक्त विद्यालय विराटनगरको ऐतिहासिक महत्व बोकेको पुरानो विद्यालय हो । प्राविधिक विद्यालय बन्ने भए संगै विद्यार्थीका अभिभावक र विद्यालय परिवारमा खुसीयाली छाएको प्राध्यानाध्यापक रमेश नेपालले प्रतिक्रिया दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल