‘भरत ताल’ निर्माणमा सहभागी मेयरलाई भ्रष्टाचार मुद्दा, स्थानिय भन्छन् राम्रो काम गर्नेहरुलाईनै जेल हाल्दै जाउ

काठमाडौँ ,२९ जेठ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले सर्लाहीको बागमति नगरपालिकामा माछा पोखरी ‘भरत ताल’ निर्माण गर्दा ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। अघिल्लो कार्यकालमा समेत मेयर भएका ...

विराटनगरवासी भन्छन् : महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगर,२९ जेठ । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मेयर नागेश ...

महानगरद्वारा सफाइकर्मीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर,२८ जेठ / विराटनगर महानगरपालिकाले सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरमा कार्यरत सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधिसमेत वितरण गरिएको छ । कार्यक्रमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उहाँले उच्च रक्तचापको परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको ...

शैक्षिक गुणस्तर सुधारमा विराटनगर महानगर, सामुदायिक विद्यालयसित कार्यसम्पादन सम्झौता

विराटनगर,१८ जेठ / विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन ...

विराटनगर महानगरद्वारा नाला र पैनी सफाईमा तीव्रता

विराटनगर,२४ जेठ/ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । सफाइका हरेक गतिविधिमा मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आएका छन् । प्रदेश संसद भवन अगाडिबाटसुरु गरिएको ढलको सफाइ विभिन्न ...

महानगरद्वारा ७६ जना श्रमिक सम्मानित

विराटनगर,२३ जेठ / विराटनगर महानगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई महानगरले सम्मान गरेको हो । महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत ...

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउनुपर्नेमा जोड

विराटनगर,२३ जेठ/ विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी ...

विराटनगर महानगरद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण

विराटनगर,२३जेठ/  विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विभिन्न वडामा वृक्षारोपण गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की आफैं उपस्थित भएर वृक्षारोपणको शुभारम्भ गरेका थिए । वडा नम्बर ११ को नहर, ५ को वडा कार्यालय छेउमा मेयर ...

सडक सौन्दर्यकरणका लागि सानिमा बैंकद्वारा २ लाख रुपैयाँ प्रदान

विराटनगर,२१ जेठ / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । ...

मोरङको टंकीसिनवारीमा खानेपानी आयोजनाको उद्घाटन

विराटगर,१८ जेठ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताएका छन् । मोरङको  टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था वुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा  रु २७ करोड ...

एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

विराटनगर,८ जेठ/ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी ...

जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ: मेयर कोइराला

विराटनगर,५जेठ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा ...

एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको उपचार

विराटनगर,३१बैशाख / विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सोमबार आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य ...

विराटनगरको दीर्घकालीन ट्राफिक व्यवस्थापनका लागि बन्यो अध्ययन समिति

विराटनगर,२७ बैशाख/ विराटनगर बजारको ट्राफिक व्यवस्थापनका लागि महानगरले पुनः पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । प्रदेश राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल ...

कोकनको सहकार्यमा महानगरद्वारा परिवार संवाद कार्यक्रम आयोजना

विराटनगर,२५ बैशाख / विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलबार परिवार संवाद कार्यक्रम सुरु गरेको छ । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच ...

विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण गर्दै विराटनगर महानगर, बैंक तथा वित्तीय संस्थाको सहयोग, मुन्दडा संयोजक

विराटनगर,२५ बैशाख/ विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाले साकार रुप लिने भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रियासमेत सुरु भएको छ । महानगरले बैंक तथा वित्तीय ...

विराटनगर महानगरद्वारा माछा–मासु पसलको अनुगमन

विराटनगर,२३ बैशाख/ विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास ...

ठगिनबाट जागिन उपभोक्ता आफैं जागरुक र सचेत हुनुपर्छ : मेयर कोइराला

विराटनगर,२१बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन : मेयर कोइराला

विराटनगर,१८ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र ...

वारुणयन्त्रलाई चुस्तदुरुस्त राख्न मेयर कोइरालाको निर्देशन

विराटनगर,४ बैशाख  / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गरेका छन् । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिए । कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल