विराटनगर,८ फागुन / तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास ...
विराटनगर,७ फाल्गुन । राजा र हिन्दू राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले सवै राष्ट्रवादी तथा राजावादीहरुलाई एक ढिक्का बन्न आग्रह गरेको छ । सोमबार विराटनगरमा आयोजित प्रजातन्त्र दिवस तथा पूर्व रानी कोमलराज्य लक्ष्मी शाहको ७४औं जन्मोत्सव कार्यक्रममा ...
पर्सा,७ फाल्गुन । तराइका जिल्लाहरुमा पछिल्ला समय धार्मिक झगडा तथा साप्रदायिकता बढेको देखिएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बेलुकी ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा ...
काठमाडौं,२९ माघ। साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्। रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा ...
काठमान्डौं,२८ माघ ।नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास ...
महोत्तरी,२७ माघ /राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन्। शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघिजनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई ...
विराटनगर,२७ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक महानगरवासीले विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन इमान्दारीपूर्वक प्रण गर्नुपर्ने बताएका छन् । विराटनगर वडा नम्बर ४ ले शनिबार आयोजना गरेको वृहत नगर सरसफाई साप्ताहिक अभियानलाई सम्बोधन गर्दै कोइरालाले एक दिन ...
इटहरी,२५ माघ । इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागु गर्ने भएको छ। विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर नयाँ शैक्षिक सत्रका लागि एउटै पोसाक लागु गर्ने निर्णय गरेको हो। इटहरी भित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको ...
सप्तरी, २५ माघ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा आज सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उनले एक लाख एक हजार हस्तान्तरण गदै ...
विराटनगर,२३ माघ/ विराटनगर महानगरपालिकाले क्षयरोग (टिवी)का बिरामीलाई पोषण सामग्री वितरण गरेको छ । महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पोषण सामग्री वितरण गरेका छन् । विराटनगर महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत ...
विराटनगर,२३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताएका छन् । उक्त पार्टीद्वारा मंगलबार विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताले दण्डहिनतानको अन्त्य र विकासको ...
भक्तपुर ,२३ माघ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत ...
विराटनगर,२२ माघ / विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा परिवारको जिम्मा लगाइएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र ...
काठमान्डौं,२२ माघ । सोमबार देशभरका सिनेमा घरहरु बन्द भएका छन्। नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन्। सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य ...
विराटनगर,२२ माघ । प्रदेशसभाका पदाधिकारीहरु थप गर्नेगरी कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त अध्यादेश संविधान विरीत भएको भन्दै अधिवक्ताद्वय कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले रिट निवेदन दर्ता गराएका हुन् । प्रदेशसभाको ...
काठमाडौँ ,२१ माघ । राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका तय भएको छ। संघीय संसद सचिवालयले फागुन महिनाका लागि तयार पारेको क्यालेण्डरमा फागुन २९ गते अध्यक्षको चुनाव गर्ने कार्यतालिका तय गरेको हो। नेपालको संविधान जारी भएपछि २०७४ सालमा ...
काठमाडौं, २१ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल चितवन जाने भएका छन् । पूर्वराजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले सार्वजनिक गरेको सूचनाअनुुसार पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति आगामी साता चितवन भ्रमणमा जाने भएका छन् । पछिल्लो समय पूर्वराजा ...
विराटनगर ,२० माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत विराटनगरमा पनि वडास्तरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जस अन्तरगत विराटनगर वडा नं.४ मा कार्यकर्ता संगै जनताको गुनासो सुन्ने ,सहिदहरुप्रति स्मरण गर्ने देखि दीप प्रज्वलन सम्मका कार्यक्रम भइरहेका छन् ...
काठमाडौं, २० माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजासँग मिल्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले ...
विराटनगर,१९ माघ। भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ । भ्रष्टाचारको आरोप लागेपछि तत्कालिन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका ...
