काठमाडौँ ,२७ भदौ । लामो रस्साकस्सीपछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर विधेयक दर्ता गरिएको हो । विधेयकमा ...
विराटनगर,२७ भदौ । कांग्रेस संसदीय दलका नेता उद्धब थापाले दलको नेताबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा आवाज उठेको छ । यसका लागि संगठित दबाब समेत सुरु भएको छ । कांग्रेस संसदीय दलका नेताकै नेतृत्वमा बनेको दुई पटकको सरकार असफल भएको ...
काठमान्डौं,२७ भदौ । नेपाली सेनाका ४१ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिमबाट देशभर ३ हजार २८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३ हजार ९१६ जना सैनिकहरू दीक्षित भएका छन् । गत वर्ष २०७९ मंसिर १ गतेदेखि भएको तालिम ...
काठमान्डौं,२७ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको दक्षिण पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली ...
काठमान्डौं,२७ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहोर्याएका छन् । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै ...
विराटनगर ,२६ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले सञ्चार कर्मीहरूसँग ...
काठमान्डौ,२५ भदौ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अस्पताल आइपुग्न अघि नै निधन भइसकेको जनाएको छ। नेम्वाङबारे जानकारी दिँदै शिक्षण अस्पतालले राति १ः५० ल्याउँदा नै उनको शरीरमा कुनै पनि चाल नरहेको जनाएको हो। अस्पताल पुर्उँदा उनको आँखाको ...
काठमान्डौ,२५ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौँमा सम्बाधेन गर्दै उनले उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध ...
काठमान्डौं ,२५ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् । सांस्कृतिक जनमत संघ काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले नयाँ पार्टी भएकाले श्रोत, साधनको ...
काठमान्डौं,२५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहान्छु, ...
विराटनगर,२४ भदौ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)को १०९औं जन्मजयन्तीको अवसरमा मोरङ कांग्रेसले विचार गोष्ठी सम्पन्न गरेको छ । मोरङको विपी सेवाकेन्द्र सुनवर्षी डाइनियामा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानिय नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ...
काठमाडौं, २४ भदौ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साझ ५ बजे वीर अस्पताल भर्ना भएका पूर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् । ...
काठमाडौँ,२४ भदौ । ललिता निवास जग्गा प्रकरणका मध्ये व्यवसायी मीनबहादुर गुरुङ २ करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर आइतबार रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले व्यवसायी गुरुङसहित ललिता निवास प्रकरणका १७ जनालाई धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको हो। गुरुङलाई ...
विराटनगर,२४ भदौ । सुनसरीमा सादा पोशाकमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूहलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सुनसरीको बर्जुगाँउपालिकास्थित शुक्रबारेमा ...
विराटनगर,२४ भदौ । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ ...
विराटनगर,२३ भदौ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, कला र संस्कृतिमा विराटनगर धनी रहेको बताएका छन् । हलुलाई समाज कल्याण सेवा समिति केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर सानो भूगोलभित्र विभिन्न ...
विराटनगर,२३ भदौ । नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुुस २७ र २८ गते हुने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले सो मितिमा अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि ९ औँ जिल्ला अधिवेशन २०७८ ...
विराटनगर,२२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । यस्तै राप्रपाले हिक्मतकुमार कार्की ...
काठमान्डौं,२१ भदौ । मुख्यमन्त्री उद्धब थापालाई बर्खास्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण ...
विराटनगर ,२१ भदौ । विराटनगरमा राधाकृष्ण रथयात्रा जारी छ । आज विहिबार दिउसो ३ वजेवाट निस्केको रथले नगरका विभिन्न भागको परिक्रमा गर्नेक्रम जारी छ । यस क्रममा ४३ स्थानमा बिश्राम गराईने रथयात्रा आयोजक समितिले जानकारी दिएको छ । राधाकृष्ण मन्दिर ...
