काठमान्डौं,३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताएकी छन् । बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको ...
विराटनगर,३० चैत/ विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न ...
काठमान्डौं,३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक गरेर चर्चामा आएका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले उक्त पार्टीका थप तीन सांसदको अडियो सार्वजनिक गर्न बाँकी रहेको बताएका छन् । डिसी नेपाललाई भिडियो अन्तर्वार्ता ...
लहान,२९ चैत । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनले नेपाललाई तिब्बत बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । राष्ट्रिय एकता अभियान सिराहा, लहानद्वारा ‘चिनियाँ विस्तारवाद, जिहादी अतिवादको असर र समाधान’ विषयक विचारगोष्ठीका प्रमुख अतिथि यादवले उक्त आरोप लगाएका हुन्। ...
विराटनगर,२९ चैत । बुधवार विहान ५:५० मा भुकम्पको धक्का महसुस गरिएको छ । भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ। भूकम्पको ...
काठमाडौँ,२८चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको तथा सानोतिनो धक्काले जोखिम आउने अवस्था नरहेको बताएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९- ८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक ...
काठमान्डौं,२८ चैत ।सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गरेका छन् । सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । मंगलबार ...
विराटनगर,२७ चैत । नयाँ वर्षबाट विराटनगरका सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाइने भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने गरी तयारी भइरहेको जानकारी दिए । सोमबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ...
काठमान्डौं,२६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । उनी पत्रकार ऋषि धमलाकी पत्नी हुन् । काठमाडौँमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । एलिजा दुई महिना ...
काठमान्डौं,२६ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो। अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ ...
विराटनगर,२५ चैत । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले पहिलो महिनाको तलब सामाजिक क्षेत्रमा खर्चिएका छन् । शहीद इश्वर ढुंगानाको परिवारलाई तलबमा पाएको रकम बराबरको दुधदिने लहिनो गाई किनेर प्रदान गरेका हुन् । मोरङको बुढीगंगा ७ आदिवासी चोक ...
विराटनगर,२५ चैत । नेपालबाट भारत लान लागिएको १८० किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको जनाएको ...
काठमान्डौं,२४ चैत । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सरकारले प्रश्तुत गरेको न्युनतम साझा कार्यक्रम सत्तारुढ दश दलको मात्रै भएको ...
विराटनगर,२४ चैत । आज विश्व स्वास्थ्य दिवस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले यही उपलक्ष्यमा विराटनगरमा प्रभातफेरी निकालेको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । आयोजित कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य ...
काठमान्डौं,२४ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो। सार्वजनिक निर्माण कार्य गर्न दिइने ...
काठमान्डौं,२४ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु भएको छ। चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको ...
विराटनगर,२३ चैत / विराटनगरका स्थानिय व्यावसायीको आन्दोलन संगै पार्किङका विषयमा विराटनगर महानगर लचिलो भएको छ । यस्तै कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने पनि भएको छ । महानगरपालिकाले बिहिबार सरोकारवालासहितको उपस्थितिमा भएको बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय ...
विराटनगर,२३ चैत । विराटनगरबाट काठमाडौं उडेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई बुझाएको छ। बुधबार साँझ विराटनगरबाट उडेको बुद्ध एयरको जहाजमा झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ हुन्। उनिहरुबीच भएको झगडाको भिडिओ सामाजिक ...
काठमान्डौं,२३ चैत । प्रहरीले संकास्पद ढंगले दुबई हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थलको प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ...
विराटनगर,२३ चैत । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक ...