काठमान्डौं,१९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मन्त्री मोदीले कानुन मन्त्रालयबाट ...
विराटनगर,१८ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सपथ ग्रहण गरेलगत्तै प्राजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको अर्धकदको सालिकमा माल्यार्पण गरेका छन । पुष्पलाल श्रेष्ठ कम्यूनिष्ठ पार्टीको सूत्रधार तथा जन्मदाता हुन भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तीका ...
विराटनगर,१८ साउन । विराटनगरका उद्योगी,व्यवसायीले “थुन्ने की सुन्ने” कार्यक्रम गर्ने भएका छन् । उद्योग व्यवसाय क्षेत्रहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि नीतिगत बहस र पैरवी गर्दै यो कार्यक्रम गर्न लागिएको हो । उद्योग संगठन मोरङको अगुवाईमा हुन लागेको कार्यक्रममा ...
काठमान्डौं,१८ साउन । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ...
विराटनगर,१८ साउन । नेपाल किसान महासंघ मोरङको जिल्ला अध्यक्षमा विराटनगरका वसन्त हुमागाई मनोनीत भएका छन् । महासंघका केन्द्रीय अध्यक्ष गणेश तिम्सिनाले महासंघको जिम्मेवारी प्रदान गरेका हुन् । उनले अव जिल्लाभरी खाली रहेको संघको पदाधिकारीहरु मनोनयन गरी जिल्लालाई चलायमान गराउने छन् ...
विराटनगर,१७ साउन । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् गठन गरेका छन् । बुधबार बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री थापाले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । माओवादी ...
काठमान्डौं,१६ साउन । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नै निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले ...
विराटनगर,१६ साउन । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । गत वर्ष भने यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर ...
विराटनगर,१५ साउन । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका विराटनगरका आयुष भेटवाललाई जिल्ला अदालत मोरङले धरौटीमा रिहा गर्न आदेश गरेको छ। भेटवालमाथि घर फर्किरहेका मजदुरमाथि अमानवीय रूपमा मुक्का प्रहार गर्दै बेहोस बनाएको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। ...
विराटनगर,१५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । जसरी असार १५ मा दहि चिउरा खाएर रोपाइँ शुरु गरिन्छ,त्यसरी नै श्रावण १५ मा खिर खाएर मैजारो गरिने परम्परा समेत रहेको छ। संस्कृत भाषामा क्षिरमा , ...
विराटनगर,१५ साउन । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ...
काठमान्डौं,१४ साउन / हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ...
विराटनगर,१४ साउन / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा ...
काठमाडौं ,१४ साउन । कोशी सरकार कसले बनाउला र यसकालागि के गर्न सकिन्छ भन्नेमा दलहरुले उच्च महत्व दिएका छन् । यसमध्ये पनि सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा गहन छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर ...
भारत ,१४ साउन । मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ। यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ। ...
विराटनगर,९ साउन । मोरङका वैदिक सनातन धार्मिक समूहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन्। धरान–१४ स्थित बालगोपाल मन्दिरको अगाडि इसाइ धर्मावलम्बीहरुले चर्च निर्माण गरी धार्मिक सद्भाव खलल गर्ने कार्यमा मेयर ...
काठमाडौँ,८ साउन ।कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ। कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्वमुख्यमन्त्री तथा एमाले ...
काठमाडौँ,८ साउन ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सनातन हिन्दु राष्ट्रको एजेण्डा काग्रेसले बाेक्नुपर्ने बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यसखाले कुरा उठाइरहेको पाइन्छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा पराजुलीले सनातन हिन्दुराष्ट्रको एजेण्डा कांग्रेसलेनै बोक्नुपर्नेमा ...
विराटनगर,१ साउन / स्थानीय बजार प्रवद्र्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार ...
काठमाडौँ,१ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबारदेखि पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन्। देउवा निवास धुम्बाराहीमा सोमबार दिउँसो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन्। ...
