विराटनगर,१३ असार / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय ...
विराटनगर,१३ असार । अन्तराष्ट्रिय प्रतियोगितामा बहुसंख्यक नेपालीले सहमागिता जनाउंने गरेको सप्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता विराटनगरमा सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको प्रायोजन र मोरङ जिल्ला सप्ट टेनिस संघको संयोजनमा खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु गरिएको हो ...
विराटनगर,१२ असार । रगतको कमीले हुने अकाल मृत्युबाट बचाउन रक्तदान आवश्यक भन्ने जागरुकता जगाउन खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ । ‘खेर जाने रगतलाई दिने सके दान, आशिष लाग्छ मानिसको बच्न सक्छ ज्यान’ भन्ने नाराका साथ विराट व्यापार सङ्घले २३ ...
कविता घिमिरे विराटनगर,१० असार । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताएका छन् । आइतबार नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय ...
बिर्तामोड, ४ असार । नारी सञ्चार गृह झापाले पत्रकार महासंघले ल्याएको सदस्यता शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन आग्रह गरेको छ सञ्चार गृहको टोलीले आज नेपाल पत्रकार महासंघ झापा र शाखामार्फत पत्रकार महासंघ कोशी प्रदेश तथा नेपाल पत्रकार महासंघ ...
काठमान्डौं,४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्किएका छन् । बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल प्रचण्ड, गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोली सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ...
विराटनगर,१७ जेठ । जसपाबाट कोशी प्रदेशको स्वास्थ्यमन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री लिम्बूले राजीनामा दिएको घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ...
विराटनगर,१५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम प्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन्। १६ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह ...
विराटनगर,१३ जेठ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । युनियन कोशी प्रदेश र मोरङ जिल्ला कार्यसमितिले सम्युक्तरुपमा विराटनगर स्थित बरगाच्छी चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । लोकतन्त्रवादी पत्रकारको छाता संस्थाकोरुपमा स्थापित ...
काठमान्डौं,७ जेठ । पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतबार बिहान २:५९ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि बाजुरा जिल्लाको ...
विराटनगर,६जेठ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गुट भन्दा माथी उठेर जनताको मर्म संग जोडिने वेला आएको बताएका छन् । नेपाली काँग्रेस मोरंग क्षेत्र नं.४ द्वारा शनिबार आयोजित क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो वताएका हुन् । जनता संग नजोडिने नेता ...
विराटनगर,५ जेठ । विवाहित हिन्दु मैथिल महिलाहरुले आज धुमधामका साथ वटसावित्री पर्व मनाएका छन् । बर ,पिपलको रुखको फेदमा बसेर गरिने पूजामा स्थानिय महिलाहरु सामुहिकरुपमा जम्मा भएर गर्ने प्रचलन रहेको छ । यो पर्व पहाडमा पनि विवाहित महिलाहरुले मनाउने गर्दछन् ...
लहान,४ जेठ । ट्राफिक सचेतना जगाउने उद्देश्यले सिरहाको लहानमा ट्राफिक सप्ताह सुरु गरिएको छ । ‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं, ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिक बनौ’ भन्ने मूलनाराका साथ सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय ...
विराटनगर,४ जेठ । आज कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ। रातको समयमा मौसम बदली हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका ...
विराटनगर २ जेठ । कश्यप गोत्रीय गजाधर अधिकारी कुल देवता सेवा समाज, सुनसरीले जग्गादाता परिवारलाई सोमबार सम्मान गरेको छ । संस्थाको प्रयोजनका लागि जग्गा प्रदान गर्ने आजीवन सदस्य एवं जेष्ठ नागरिक पूर्णबहादुर अधिकारी सहित उहाँकी छोरी सरस्वती अधिकारी कार्कीलाई आइतबार ...
बेलबारी , १ बैशाख । मोरङ सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटचौक ५ बस्ने बर्ष ३६ का देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ...
विराटनगर, ३१ वैशाख । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् । श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बत्र लागेको चार कोठे ...
विराटनगर,१ जेठ । विराटनगरमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल विराट राजाको दरबार क्षेत्र र सुनसरीको वर्जु तालको प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । विराटनगर १८ भेडियारी देखि सुनसरीको बर्जू ताल सम्म हाफ म्याराथन प्रतियोगिता हुने भएको ...
विराटनगर,३१ बैशाख । २०४६ साल यता सार्वजनिक भएका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै सामाजिक अभियन्ताहरूले विराटनगरमा अर्धनङ्गन भएर प्रदर्शन गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नाङ्गो भएकाले साङ्केतिक रूपमा अर्धनङ्गन भएर ...
उदयपुर,३१ बैशाख । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । कटारी ३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ परेका हुन् । जिल्ला बन कार्यालयका अनुसार कुनै पनि अनुमति नलिई अवैध ...
