काठमाडौं,२७ फाल्गुन । हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ...
विराटनगर,२६ फाल्गुन / हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा ...
विराटनगर,२६ फाल्गुन / विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ...
विराटनगर,१९ फाल्गुन / नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशन लम्बिने संकेत देखिएको छ । प्रतिनिधि छनोटको विवाद मिल्न सकेको छैन । विवादका कारण जिल्ला अधिवेशन लम्बिने देखिएको हो । शनिबारदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज (सोमबार) सम्पन्न गर्ने ...
विराटनगर,१९ फाल्गुन / उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको विदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा ...
चितवन ,१८ फाल्गुन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य ...
इलाम,१८ फाल्गुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्। इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हन्। उनले भने, “अब पनि औषधि छैन भन्नु ...
इटहरी ,१७ फाल्गुन / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताएकी छिन् । शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरेकी ...
विराटनगर,१७ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको ...
विराटनगर ,१७ फाल्गुन । ओखलढुङेलीहरुको भेलाले बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन गरेको छ । शनिबार विराटनगरमा भेला भएका ओखलढुङेलीहरुले एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव कौशल निरौला, कोषाध्यक्ष ...
काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताएका छन् । व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताए । स्वास्थ्य तथा ...
काठमाडौं, १५ फागुन । नेपाली सेनाका अवकाशप्राप्त महासेनानी डा.महेन्द्रजंग शाहले राजसंस्था पुनर्स्थापना अपरिहार्य भइसकेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै उनले राष्ट्रवाद र राष्ट्रियताको जग बसाल्ने पृथ्वीनारायण शाहको वंशमा अब देशको शासन सत्ता ...
काठमाडौँ ,१४ फाल्गुन । नेपाली काँग्रेस निकट वकिलहरूको संगठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले नेपाल बारको चुनावमा उम्मेदवार हुन चाहनेले नाम टिपाउने समय बिहीबारसम्मका लागि थप गरेको छ। आउँदो चैत्र २३ गते हुने चुनावमा संगठनको तर्फबाट उम्मेदवार हुन चाहेको लर्को लागेपछि ...
विराटनगर,१३ फाल्गुन । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । मंगरलबार भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गरि उपाधि ...
विराटनगर,१३ फाल्गुन । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार सुरक्षा निकायका पदाधिकारीहरू सँग छलफल गरेको छ । विराट गोल्ड कप प्रतियोगिता २०८१ का संयोजक नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । उनले ७ हजार ५ ...
रामेछाप ,१३ फाल्गुन । काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ । रामेछापको मन्थली, धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल ...
काठमाडौँ– १२ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार ...
काठमाडौँ ,१२ फाल्गुन । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएड) बाट नेपालमा सञ्चालित र डिजाइनको क्रममा रहेका ७ वटा कार्यक्रमहरु रोकिएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा सञ्चालनमा रहेको ४ वटा र डिजाइनको क्रममा रहेका तीन वटा ...
काठमाडौं ,१२ फाल्गुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो ।यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक ...
विराटनगर,११ फाल्गुन / विद्यार्थीहरूको क्षमता विकास गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि महानगरस्तरीय अन्तर सामुदायिक आधारभूत विद्यालय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीले ...
