भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा नेपाल ११०औँ स्थानमा

काठमान्डौं,१७ माघ । नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक ९सिपिआई०–२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको ...

मुटु रोगसम्बन्धी सेवाहरुलाई प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक: राज्यमन्त्री कार्की

विराटनगर,१५ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छन् । आईतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री कार्कीले यस्तो बताएकी हुन् । ...

सोलुखुम्बुमा जीपको हुट हटाउने विषयमा व्यवसायी आन्दोलित

नेचा,१५ माघ । सोलुखुम्बुमा जीपको हुट हटाउने विषयमा असहमति जनाउँदै यातायात व्यवसायीहरुले जीप सञ्चालन ठप्प पारेका छन् । आज काठमाण्डौँसहितका जिल्ला जाने कुनै पनि लामो दूरीका जीप नछुटेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए । जीप नछुट्दा यात्रु समस्यामा परेका छन् ...

सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

  काठमान्डौं,१४ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका ...

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

  काठमाडौं ,१३ माघ । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयले आज सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ ...

गृहमन्त्रीको नागरिकताको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठन

  काठमाडौँ ,११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बुधबारदेखि अन्तिम सुनुवाइ सुरु गर्दैछ। सोही अन्तिम सुनुवाइका ...

अभिषेक गिरीले हालेको रिट- हेर्न नमिल्नेमा

  विराटनगर,९ माघ । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न हालेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । मुद्दाको पेशी आज उच्च अदालत विराटनगरका न्यायाधीश राजन प्रसाद भट्टराई र किरणकुमारी गुप्‍ताको ...

विराटनगरका  भाषा र संस्कृतिको महानगरले संरक्षणले गर्छ : मेयर कोइराला

विराटनगर,८ माघ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरभित्र रहेका सबै ...

जेनिथ कलेजद्वारा विभिन्न व्यक्तिहरु सम्मानित

विराटनगर,८ माघ/ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ...

प्रदेश १ मा टुंगो नलागेका पुराना मुद्दाहरू ब्युँतिन्छ : प्रदेश १ प्रहरी प्रमुख ज्ञवाली

विराटनगर,५ माघ । प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले लागूऔषधका साथै चोरी निकासी नियन्त्रण र अपराध अनुसन्धानका क्षेत्रलाई आधार बनाएर काम गर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले लागूऔषध नियन्त्रण ,चोरी निकासी नियन्त्रण,अपराधका पुराना ...

विराटनगर महानगरलाई सफा बनाउन सामूहिक प्रतिबद्धता

विराटनगर,५ माघ / प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाको विशेष पहलमा बिहीबार भएको विशेष बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित विभिन्न ...

अदालतबाट पल शाहले पाए सफाइ, दोहोरो मुद्धाका कारण छुट्न गाह्रो

माघ,३तनहुँ । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासीमा शाहमाथि मुद्दा दायर ...

विराटनगर महानगरको ११ औं नगरसभा सम्पन्न

विराटनगर,२७ पुष / करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब ...

उज्यालो विराटनगर अभियान, बत्ती जडानको कार्य तिव्र बनाइदै

विराटनगर,२६ पुष / विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित महानगर बनाउने अभियानमा लागेको महानगरले उज्यालो अभियान पनि सुरु गरेको छ । पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने ...

केवल तथा नेटको तार व्यवस्थापनमा महानगर, अटेर गरे तार काटिने

विराटनगर,२५पुष / यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ । सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन ...

प्रदेश-१ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर,२४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशप्रमुख परशुराम खपुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभाको ९३ सदस्यमध्ये मुख्यमन्त्री बन्न ४७ ...

सरकार ढाल्न देउवा सक्रिय : ओली

काठमान्डौं,२३ पुष । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ढाल्न देउवा सक्रिय भएको आरोप लगाएका छन् । उनले देउवाको अस्वभाविक सक्रियता बढेको भन्दै आशंका समेत ब्यक्त गरेका छन् । उनले पुस २६ गते सरकारलाई विश्वासको मत ...

पूर्ण खोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी 

विराटनगर,२२ पुष / विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा ...

पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता

विराटनगर,२२ पुष/ विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति ...

गुनासो र सुझाव संकलन गर्न मेयर कोइराला र उपमेयर कार्की पसलमा

विराटनगर,२१ पुष । विराटनगर महानगरपालिकाले पसलमै पुगेर व्यापारीका गुनासो र सुझाव संकलन गर्न सुरु गरेको छ । जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने सुझाव संकलन गर्ने अभियानअन्तर्गत पहिलो चरणमा मेनरोडका व्यापारीहरुका गुनासो र सुझाव संकलन गरिएको छ । मेयर नागेश कोइराला ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल