काठमान्डौं,२७ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहोर्याएका छन् । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै ...
विराटनगर,२५ भदौ । उद्योग संगठन मोरङले वकर्स फरदर ट्रेनिङ अन्तर्गत विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको पच्चिस दिने ईण्डष्ट्रियल अटोमेशन तालिम सम्पन्न भएको छ । तालिमको समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै संगठनका अध्यक्ष राकेश ...
विराटनगर,२१ भदौ । आर्थिक मन्दी तथा आयात निर्यातमा ह्रास आउँदा विराटनगर भन्सार कार्यालयको साउनमा निर्धारित लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। भन्सार कार्यालयका अनुसार ०८० /८१ को साउन महिनाका लागि राखिएको निर्धारित लक्ष्यको ८१ दशमलव ५६ प्रतिशत राजश्व संकलन ...
काठमाडौं,१९ भदौ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसँग बयान लिएको छ । सीआईबीले पुनलाई सोमबार दिउँसो कार्यालयमै बोलाएर बयान लिएको एक प्रहरी अधिकृतले जानकारी दिए । सुन ...
काठमाडौँ,१९ भदौ । भारतले नेपालसँगको विद्युत व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिएका ...
काठमान्डौं,१३ भदौ । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर-अर्थात ९२ अर्ब रुपैयाँ को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आजबाट सुरु हुँदैछ। बुधबार सिंहदबारस्थित अर्थमन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच ...
काठमान्डौं,३० साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार ...
काठमाडौं,२३ साउन । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको ...
विराटनगर,१९ साउन / विराटनगरमा शनिवार (भोलि) आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन ...
काठमान्डौं,१८ साउन । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ...
विराटनगर,१७ साउन उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्ष्ँणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार रही सर्वेक्षण गरिएको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष्ँ ...
काठमान्डौं,१७ साउन । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो । लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरि मेरो शेयर ...
काठमान्डौं,१६ साउन । नेपाली बजारमा आज सुनको भाउ ४ सय रूपैयाँले बढेको छ। सोमबार १ लाख १२ हजार ६ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १३ हजार रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै,तेजाबी सुनको ...
विराटनगर,१६ साउन । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । गत वर्ष भने यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर ...
विराटनगर,१५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । जसरी असार १५ मा दहि चिउरा खाएर रोपाइँ शुरु गरिन्छ,त्यसरी नै श्रावण १५ मा खिर खाएर मैजारो गरिने परम्परा समेत रहेको छ। संस्कृत भाषामा क्षिरमा , ...
विराटनगर,१५ साउन । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ...
विराटनगर,२९ असार । नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेको छ। बिहीबार १ लाख १२ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ। साथै तेजाबी सुन १ ...
काठमान्डौं,२८ असार । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले, पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार भइरहेको जानकारी दिएका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठक अन्तर्गत मन्त्रालयगत छलफलमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री रिजालले,आपूर्ति धान्ने गरी भण्डारण क्षमता ...
विराटनगर, २७ असार । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ ले नव निर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सहित कार्यसमितिका नवनिर्वाचित पदाधिकारी साथै कार्यकारिणी सदस्यहरुलाई स्वागत तथा कार्यकालको शुभकामना प्रदान गरेको छ । उद्योग,व्यापार र आर्थिक ...
झापा, १९ असार । ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल नि:शुल्क उपलब्ध गराउन शुरु गरेको छ । मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई नि:शुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए । बाह्रदशी गाउँपालिका– ३ ...
