काठमाडौं, २० भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै दर्ता भएको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको हो । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ...
विराटनगर, २० भदौ । झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ । बिर्तामोडको भद्रपुर रोडमा डेरामा बस्ने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यारा उनकै भाइ रतनलाल राजवंशी हाल फरार भएकोे ...
विराटनगर, १८ भदौ । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रक्रिया आज (शुक्रबार) देखि तल्लो तहबाट सुरु हुँदैछ । पार्टीको १४ औँ महाधिवेशन वडा अधिवेशनबाट सुरु हुने भएको हो । वडा तहबाट छानिने प्रतिनिधिले पार्टीको महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरुले यसलाई चासोकारुपमा ...
काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै ...
विराटनगर, १८ भदौ । अग्रवाल युवा मञ्च विराटनगरले फास्ट साइकल रेस प्रतियोगिता गर्ने भएको छ । अग्रवाल युवा शक्ति दिवस को अवसरमा अग्रवाल युवा मञ्च विराटनगरले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । भदौ १९ गते बिहान हुने प्रतियोगितामा १६ ...
काठमाडौं, १८ शुक्रबार । कोभिडका कारण पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने विषयमा परामर्श थालिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जिल्ला प्रशासन ...
काठमान्डौ, १७ भदौ । नेपाली कांग्रेकी नेतृ सुजाता कोइरालाले पार्टी कार्यकर्ताको भावना समेत सम्बोधन गर्दै कांग्रेसलाई चलायमान बनाउनुपर्ने बताएकी छन् । नेतृत्वले आफ्नो मात्र चिन्ता ब्यक्त गर्ने भन्दा कार्यकर्ताको पनि संबोधनमा उत्तिकै समय खर्चिनुपर्ने बताइन् । नेपाली कांग्रेस भित्रको संस्थापन ...
काठमाडौं, १७ भदौ । नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट सहमतिबाट एउटै उम्मेदवार तोक्ने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस भित्रको संस्थापन इतर समूहले आगामी १४औं महाधिवेशनमा सहमतिमा नै ...
काठमान्डौं,१६ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार ...
विराटनगर,१५ भदौ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित भएको छ । कोरोनाका कारण श्रीराधाकृष्णको प्रतिमा खटमा विराजमान गराई गाडीमा राखेर नगर परिक्रमा गरिएको छ । ९०औं ...
विराटनगर, १५ भदौ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्दा १३२ यात्रु काठमाडौँ लिएर आएको छ । कोलम्बो–काठमाडौँ ...
विराटनगर,१४ भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ...
काठमाडौँ,१४ भदौ । काठमान्डौंमा सोमबार ‘एकीकृत शक्ति नेपाल’ अभियान घोषणा गरिएको छ । अभियान हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा केन्द्रीत छ । अभियानमा नेपालका विभिन्न पेशा व्यवसायमा स्थापित मानिसहरु रहेका छन् । अभियान घोषणा कार्यक्रममा नायक निखिल उप्रेतीले अभियान फलदायी बन्नेमा ...
विराटनगर,१३ भदौ । संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडि प्रर्दशन गरेको ...
विराटनगर,१३ भदौ । कोभिडका कारण लामो समय देखि बन्द रहेका बिद्यालय खुलाउने विषयमा विराटनगर महानगरले विषय विज्ञ र सरोकारवालाहरु संग छलफल गरेको छ । आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक ...
विराटनगर,१२ भदौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रीमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले गठवन्धन सरकारको संस्कृतिलाई ध्यानमा राखी सबैसँग छलफल गरी छिट्टै मन्त्रीमण्डल विस्तार गरिने बताए । ...
काठमाडौं,१२ भदौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले देशका सबै वडाहरुमा एकैदिन अधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् । शनिबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग भएको छलफलपछि भदौ ...
मोरङ,१२ भदौ । बिहानीपख हिँडडुल र व्यायाम गर्नु स्वास्थ्य जीवनकालागि अति आवश्यक रहेको स्वास्थ्य बिज्ञहरुले बताएका छन् । बिहानीपख हिँडडुल तथा शारिरीक व्यायाम गर्दा दर्जनौ रोगहरुबाट बँच्न सकिने भएकाले भन्दै दैनिक तालिकामा समावेश गर्न उनिहरुले आग्रह गरेका छन् । विश्व ...
विराटनगर,१२ भदौ । भोजपुरमा श्रीमतीको हत्यागरि एक व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्धिमान राई श्रीमतीको हत्यापछि रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घरमा झगडा ...
भदौ,११ बिराटनगर । सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार(आज) गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १ हजार २२३ जनाको बिज्ञापन खुला गरेको हो । जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, ...
