कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउदै

विराटनगर,१६ पुष । नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउदै छ । राष्ट्रिय मेलमिलापको नीति बोकेर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ...

दोस्रो चरणको निर्वाचनमा जाला भनिएको आंकलन फेल , प्रदेश १ नेपाली कांग्रेस संसदीय दलमा सिटौला पक्षका उद्धव थापा निर्वाचित

विराटनगर,१५ पुष । दोस्रो चरणको निर्वाचनमा जाला भनिएको आंकलन गरिएको प्रदेश १ नेपाली कांग्रेस संसदीय दलमा सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाएका छन् । उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत ...

अपाङ्गहरुले न्यायमा सहजरुपले पहुँच पाउनु पर्नेमा जोड

मोरङ,१३ पुष । अपाङ्गहरुलाइ न्यायमा सहज पुहुँच पुर्‍याउन सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने सुझाव एक कार्यक्रमका सहभागीहरुले दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं १ द्वारा संयुक्त्त रुपमा आजदेखि शुरु भएको दुई दिने समावेशी ...

देशभरको तापमानमा तलमाथी,हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,१२ पुष। देशभरको तापमानमा तलमाथी भइरहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक ...

प्रधानमन्त्री दाहालले बोलाए पहिलो मन्त्रिपरिषद्को बैठक

काठमान्डौं,११ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयकाअनुसार आज साझ ६ बजे बाट सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक डाकिएको छ । सोमबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिएलगत्तै अन्य मन्त्रीहरुले पनि शपथ लिएका ...

प्रदेश १ का नव निर्वाचित सांसदहरू आज शपथग्रहण लिदै

विराटनगर,११पुष । प्रदेश १ का नव निर्वाचित सांसदहरूले आज शपथग्रहण लिने भएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभा सदस्यहरूलाई दिउसो १ बजे शपथ खुवाउने कार्यक्रम तय भएको छ । प्रदेश १ मा ५६ जना प्रत्यक्ष ...

समापन भयो विराट एक्स्पो

  विराटनगर,१० पुस । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन गरिएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने ...

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिदै

काठमान्डौं,९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि आइतबार सकिदै छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न सकिरहेको छैन् । ...

विराट एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ प्रवद्धन भएकोमा खुसी छौ : अध्यक्ष प्याकुरेल

विराटनगर,८ पुष । विराट एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ प्रवद्धन भएकोमा खुसी रहेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताएका छन् । उनले एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ भएको र यसवाट पूर्व क्षेत्रको ब्यापार, एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण , ...

हिमालय रोडका सबै काम एक महिनाभित्र सकेर सञ्चालनमा ल्याउने तयारी

विराटनगर,७ पुष/ विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । रोडको डिजाइनअनुसारका सबै संरचना निर्माण गरेर ...

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण हुने , देशभरका ५ सय मानिस सहभागी हुदै

विराटनगर,७ पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य स्वाध्याय वर्ग ...

ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गरे सभामुखको पदभार ग्रहण

काठमान्डौं,६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन् । बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा ...

फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु,सरकारमा मन्त्री बन्नका लागि जान्न : थापा

काठमाडौं,६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले कांग्रेस संसदीय दलका ...

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं,६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका थिए । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । निर्वाचनमा सबै ...

एक नम्बर प्रदेशका सांसदलाई कसले शपथ गराउछ ?

विराटनगर,४ पुस । गत मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित एक नम्बर प्रदेशसभा सदस्यहरुलाई कसले शपथ खुवाउला ? यो चासो सवैमा छ । यसपटक ज्येष्ठ सदस्यको नाताले शपथ खुवाउने भाग्यमानी ब्यक्तिमा गयानन्द मण्डल गनगाईं परेका छन् । गनगाई अहिले ७९ ...

सरकार निर्माणको तयारीमा सत्ता गठबन्धन

काठमान्डौं,३ पुष । सत्ता गठबन्धनमा आबद्ध दलहरू नयाँ सरकार निर्माणका लागि आन्तरिक छलफलमा जुटेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका हुन्। दुवै दलले आज ...

विद्यमान औद्योगिक क्षेत्रका समस्या समाधान गर्न राष्ट्रपति भण्डारीको आग्रह

विराटनगर,२९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले विद्यमान औद्योगिक क्षेत्रका समस्या समाधान गर्न पनि सरकार संग आग्रह गरेकी छन् । बिहीबारदेखि विराटनगरमा ...

तत्काल अध्यादेश जारी हुने अवस्था छैन -राष्ट्रपति कार्यालय

  काठमान्डौं,२८ मंसिर । सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका  रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी ...

समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्दै निर्वाचन आयोग

काठमान्डौं,२७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली ...

पहिलो चरणमा ४ सय २ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

विराटनगर,२५ मंसिर / विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार सकिएको छ । ४ सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल