पूर्व भिआइपीको सुरक्षाकर्मी कटौती, पूर्नविचार गरिदिन पूर्वराजाका स्वकियसचिवको पत्र

काठमाडौँ ३० माघ । पूर्व भिआइपीले राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्न नयाँ कार्यविधि बनाएपछि पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरु गरिएको छ। पूर्व विशिष्टको सुरक्षाका लागि गृह मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि बनाए संगै सुरक्षाकर्मीलाई ...

नेपाली कांग्रेस विराटनगरद्धारा आयोजित विचार गोष्ठीमा युवा नेताहरुको गर्जन,ओली सरकार निरंकुश नबन्

  विराटनगर २९ माघ । नेकपा भित्रको आन्तरिक कलहले मुलुक संकटमा परेको कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आरोप लगाएका छन् । कांग्रेस महानगर समितिद्वारा विराटनगरमा बिहीबार आयोजित “बर्तमान राजनैतिक अवस्था, संवैधानिक संकट,यसकाे निकास र आजको आवश्यकता विषयक विचार गोष्ठी”का क्रममा ...

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नसच्चिए जनआन्दोलनको आँधीबेहरी: प्रचण्ड

काठमान्डौ २८ माघ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नसच्चिए जनआन्दोलनको आँधीबेहरी ल्याउने बताएका छन् । नेकपाको असन्तुष्ट समूहको शक्ति प्रदर्शन सभामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले ...

अख्तियारको स्थापना दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले यसो भने

काठमन्डौ २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ अगाडी बढ्न सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । भ्रष्टाचारको नियन्त्रण ...

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा

काठमान्डौ २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । निर्वाचनको तयारी र भइरहेका गतिविधि बारे आवश्यक कुराहरु बुझ्न प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको बताएको छ । निर्वाचन आयोगले समेत प्रधानमन्त्री ओली अयोगका गतिविधिवारे जानकारी लिन आएको ...

पार्टी आधिकारिकताका लागि अध्यक्ष ओली निर्वाचन आयोग जादै

काठमान्डौं २७ माघ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी आधिकारिकता दावी गर्न आज मंगलबार निर्वाचन आयोग जाने भएका छन् । पार्टी सुत्रका अनुसार आज अपरान्ह आयोग जाने बताइएको छ । यसभन्दा अगाडी प्रचण्ड नेपाल पक्ष आयोग पुगेर ...

ताप्लेजुङ केन्द्रविन्दु बनाएर भुकम्प

विराटनगर २७ माघ । मंगलबार आज बिहान ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको बताएको छ । भूकम्पको धक्काका कारण के कति ...

सुशील कोइरालाको स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइदै

विराटनगर २६ माघ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै क्रममा सुशील कोइराला फाउण्डेसनले विराटनगरमा रहेको मानवसेवा आश्रममा अनाथ व्यक्तिहरुलाई खाना खुवाउने कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ...

नेकपा विवाद मिलाउन निर्वाचन आयोगद्वारा जिम्मेवारी बाँडफाँड

काठमाडौं २६ माघ । नेकपा विवाद मिलाउने जिम्मेवारी निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्तसहित सबै आयुक्तहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ । आयोगको गत शुक्रबार बसेको पदाधिकारी बैठकले सबैको कार्यविभाजन गरेको ...

विराटनगर महानगरले विभिन्नस्थानमा आकाशेपुल निर्माण गर्दै

विराटनगर,२५ माघ । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न स्थानमा आकाशेपुल बनाउने भएको छ । दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन वटा आकाशे पुल निर्माण गर्ने भएको हो । विराटनगर महानगरपालिकामा दिनप्रतिदिन सवारी साधनहरुको चाप बढ्न थालेपछि आकाशेपुल निर्माणको योजना अगाडी ...

राष्ट्रपति भण्डारीद्धारा अध्यादेश जारी

काठमाडौँ २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धि अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश-२०७७ जारी गरेकी हुन्। ...

कांग्रेस संस्थागत निर्णयका साथ सरकारको असंवैधानिक कदमका बिरुद्ध उत्रन्छ

काठमान्डौं २४ माघ । सरकारको विरोधमा आज शनिवार शुभेच्छुक संस्थाहरूको प्रदर्शन सके सगै आगामी फागुन ३ गते ७७ जिल्लामै कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शन गर्ने तयारीमा कांग्रेस जुटेको छ । वर्तमान सरकार बनेपछि जनविरोधी कदमहरू र प्रवृत्तिविरुद्ध कांग्रेस ...

आफूले नेतृत्व गरेको पार्टी आधिकारिक, यता-उता नअलमलिनु :अध्यक्ष ओली

काठमान्डौं २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको पार्टी आधिकारिक भएको स्पष्टिकरण दिइरहनु नपर्ने बताएका छन् देशको रक्षा गर्ने, सार्वभौम सत्ता र स्वाधिनता तथा भौगोलक अखण्डताको रक्षा गर्ने पार्टीको नेता भएको ...

मांसाहारी आन्दोलन गरेर अपराध गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर राखिन्छ : बादल

काठमाडौं २३ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गरेर अपराध गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर राखिने चेतावनी दिएका छन् । केपी शर्मा ओली नेतृत्वको नेकपाले राजधानीमा गरेको जनसभालाई सम्बोधन गर्दै बादलले मांसाहारी आन्दोलन कानुन ...

निरु पालले भनिन् स्थानीय सरकारलाई बलियो बनाउँदै प्रदेश संरचना खारेज गरौ

काठमाडौँ २३ माघ । विघटित प्रतिनिधिसभा सदस्य निरुदेवी पालले संघीयता खारेजीका लागि माग गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली संग उक्त माग गरेकी हुन् । नेकपा ओली समूहकी नेतृ पालले सानो मुलुक नेपालले संघीयताको भार थेग्न नसक्ने भएकोले ...

प्रहरीद्धारा देशभरबाट १ सय ८८ जना आन्दोलनकारी नियन्त्रणमा , गैह्र कानुनी काममा संलग्न भए नछाडिने

काठमान्डौ २२ माघ । गैह्र कानुनी काममा संलग्न बाहेक सवै आन्दोलनकारी छुट्ने भएका छन् । नेकपाको प्रचण्ड-माधव समूहले बिहीबार गरेको आम हडताल क्रममा प्रहरीले देशभरबाट १ सय ८८ जनालाई नियन्त्रणमा लिएको छ । जसमा केही आन्दोलनकारीहरु गैह्रकानुनी काममा संम्लग्न देखिएको ...

आगलागीबाट बालकको मृत्यु

खोटाङ २१ माघ । खोटाङको रावाबेशी गाउँपालिका–४ मा बस्ने उत्तम मगरको घरमा आगलागी हुँदा आगोबाट जलेर उनको ७ बर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजे मगरको घरमा अचानक आगलागी हुँदा ७ बर्षीय बालकको जलेर घटनास्थलमै ...

देश ‘बन्धक’ बन्ने अवस्थाबाट प्रधानमन्त्रीले जोगाउनुभयो : महान्यायाधीवक्ता खरेल

काठमाडौँ २० माघ । देश ‘बन्धक’ बन्ने अवस्थाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जोगाएको महान्यायाधीवक्ता अग्नि खरेलले जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले देशवासीमाथी न्याय गरेको बताए । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चको संवैधानिक इजलाशमा भइरहेको सुनुवाईको क्रममा ...

प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने

काठमाडौं १९ माघ। नेकपाको प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने भएको छ । सोमबार बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बसेको पार्टी केन्द्रीय समिति बैठकमार्फत प्रचण्ड नेपाल समूहले आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने निणर्य गरेका हुन् ...

बसको चक्काले किचेर एक वृद्धा महिलाको मृत्यु

खोटाङ १९ माघ । खोटाङ दिप्रुङचुईचुम्मा-३ रोबलुङ  छितापोखरीमा बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । आज विहान ८ बजे तिर छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल